दलित माेर्चाद्वारा चाैरजहारी हत्याकाण्डकाे दोषीलाई हदैसम्मको कारवाही गर्न माग

२०७७ जेष्ठ १६ गते, शुक्रबार


काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्तिमोर्चा रुकुमले चाैरजहारी हत्याकाण्डकाे निष्पक्ष छानविनकाे माग गर्दै दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने मागसहित बिहिबार प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
जेठ १० गते चौरजहारी नगरपालिकामा नवराज वि.क. र सुस्मा मल्ल बिचको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्न खोज्दा चार जनाको ज्यान जानेगरी र दुई जना बेपत्ता हुनेगरि भएको हत्याकाण्डको कडा भ्रत्सना गर्दै
दलित मुक्तिमोर्चा रुकुमका संयाेजक नेको सि. काे नेतृत्वमा गएको टोलीले घटनाको योजनाकार तथा नेतृत्वकर्ता कथित वडा अध्यक्ष डम्बर बहादुर मल्लले राजीनामा दिनुपर्ने, मृतक र बेपत्ता परिवारलाइ उचित क्षतिपुर्ती दिइनुपर्ने मागसहितको ज्ञापनपत्र रुकुमका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।
माेर्चाले अन्यथा हामी दबाबमुलक संघर्ष मात्र नभई आफै अनुसन्धान गरि आफै हत्यारालाई कार्वाही गर्ने स्तरमा उठ्ने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्रकाे पूरा पाठ यसप्रकार छ – “जेठ १० गते चौरजहारी नगरपालिकामा नबराज बि.क. र सुस्मा मल्ल बिचको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्न खोज्दा चार जनाको ज्यान जानेगरी र दुई जना बेपत्ता हुनेगरि भएको हत्याकाण्डको हामी कडा भ्रत्सना गर्दछौ । आजको युगमा जातिय अहंकार र विभेद अस्वीकार्य छ । कथित ठूलो जाती र सानो जातिको बिचमा भएको प्रेम सम्बन्धकै कारण हत्या गरिनु त झन भ्रत्सना योग्य मात्रै होइन बिद्रोह गर्न योग्य छ ।

चार जनाको ज्यान गएको छ ।बेपत्ताहरुको एक पछि अर्को लास भेटिदै गैरहेको छ । लासहरु हात बाधिएको अवस्थामा भेटिएका छन ।यस्ता घटनाले समाजलाइ साम्प्रादायिक द्वन्दतिर उन्मुख गराउदछ ।हामी चहान्छौ! यो घटनाको प्रभाव नियन्त्रण बाहिर नजावस विभेदकारी र हत्यारालाइ कानुन बमोजिमको कार्वाही होस ,आगामी दिनमा सबै किसिमका बिभेदहरु मष्तिस्कमा आउनुभन्दा हजार पल्ट सोच्न बाध्य होउन ।अन्यथा दलित समुदायको धर्यताको बाँध मक्किएको छ ,यो फुट्न सक्छ ,जो क्षतिपुर्ण र बिस्फोटक हुनेछ ।

यो घटनामा हाम्रो ठूलो माग केही छैन,बस !स्वस्थ छानविन होस ,दोषिलाइ हदै सम्मको कार्वाही होस ।हत्यारा कोहि पनि न उम्कियोस ।तर हामि शंका गर्छौ,यस्ता घटनाहरु धेरै दवाइयका छन ,हत्याराहरु लुकाइयका छ्न ।नेपालमा कानुन पावर र पहुँचका आधारमा आकर्षित हुने गरेको छ।यहाँ पनि घटनालाइ भवितव्यको रुपमा व्याख्या गर्न खोजियको छ।लकडाउनको उल्लंघन र हुलहुज्जत गरेको आरोप लगाएर हत्या हुनु स्वभाविक हो भन्ने बनाउन खोजिएको छ ।सत्तासिन पार्टिले राज्यका न्यायिक संयन्त्रहरुलाइ प्रवाभित गर्न छानबिन समिती बनाउने निर्णय गरेको छ ।जुन गतिविधिहरु शंकास्पद छन ।
तसर्थ हामी छानविन निश्पक्ष र राजनितिक प्रभाव मुक्त बनाउनका लागि दवाव मुलक संघर्ष गर्न बाध्य हुँदै ,सोही कार्यक्रम अन्तर्गत यो तपशिलका मागहरु राखी यो ज्ञापन -पत्र पेश गरेका छौ ।
मागहरु
________
१)घटनाको निस्पक्ष छानविन गर्दै दोसिलाइ हदै सम्मको कार्वाही गर्नुपर्ने ।

२)घटनाको योजनाकार तथा नेतृत्वकर्ता कथित वडा अध्यक्ष डम्बर बहादुर मल्लले राजिनामा दिनुपर्ने

३)मृतक र बेपत्ता परिवारलाइ उचित क्षतिपुर्ती दिइनुपर्ने ।

अन्यथा हामी दवावमुलक संघर्ष मात्र नभई आफै अनुसन्धान गरि आफै हत्यारालाई कार्वाही गर्ने स्तरमा उठने चेतावनी दिन चहान्छौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु