दलाली संस्कार जरैदेखि उखेल्नु पर्छ : विप्लव

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल र दलाली संस्कारलाई जरैदेखि उखेल्न जरुरी भएको बताएका छन । उनले नेपाली भूमीमाथि छिमेकीको मनपरिको विरोधमा गरिएको शान्तिपूर्ण प्रर्दशनमाथि दमन गर्ने विदेशीका दलाल भएको ठोकुवा गरेका छन् । दलाल र दलाली संस्कारलाई जरैदेखि उखेलेर नफालेसम्म देशको कुनै पनि हालतमा विकास नहुने विप्लवको टिप्पणी छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक प्रयोजनको लागि प्रयोग गर्ने सहमतिको विरोधमा बुधबार नेकपा माओवादी काठमाडौँको शान्ति बाटिकामा विरोध प्रर्दशन गरेको थियो । उक्त प्रर्दशनमाथि प्रहरीले दमन गर्दा एक दर्जन नेता कार्यकर्ता घाइते हुनुको साथै ३१ जनालाई गिरफ्तार गरिएको थियो ।
महासचिव विप्लवले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले सुरु गरेको विपतमा उपचार र उद्धार गर्नका लागि स्वास्थ्यकर्मी उत्पादन गर्न संचालन गरेको दस दिने प्रशिक्षण कार्यक्रमको उद्घटना गर्दै सो कुरा बताएका हुन । सोही कार्यक्रममा गिरफ्तापछि रिहाई भएका नेता कार्यकर्तालाई खादा ओडाएर विप्लवले सम्मान गरेका थिए ।
विप्लवले भने, “नेपालको स्वाधीनतामाथि भएको हस्तक्षेपको विरोध गर्दा प्रहरी लगाएर दमन गर्ने कस्तो सरकार हो । अन्य देशमा आफ्नो भूमीमाथि कसैले हस्तक्षेपको प्रयास मात्र गरे पनि सरकारले जनतालाई विरोधमा उत्रन आह्वान गर्छ तर यहाँ स्वाधीनताको पक्षमा जनता आफै विरोधमा उत्रदा पनि सरकारले दमन गर्छ । यसबाट विदेशीका दलालहरुले सत्ता समालेको पुष्टि हुन्छ ।” राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्नेमाथि दमन गर्ने विदेशीका भरौटे भएको समेत बताए ।
“संसदवादी पार्टीहरुलाई जनता र देशको भन्दापनि कुर्सीका माया बढि हुन्छ त्यसैले उनीहरु स्वाधिनताको पक्षमा बोल्नेमाथि दमन गरेर विदेशीको दलाली गर्ने गर्दछन्” विप्लवले भने ।
उनले जनता विपतीमा पर्दा चामल र पाल बेचिखाने र राष्ट्रियता माथि धावा बोलिदा विदेशीको दालाली गर्ने संसदीय व्यवस्था नेपाली जनतालाई आवश्यक नभएको भन्दै संसदीय व्यवस्था अन्त्य गर्नुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा देशभारबाट स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्दीय अध्यक्ष डम्बर रावलले भुकम्प अघि र पछि पनि बिभिन्न खालका प्राकृतिक प्रकोपहरु देशमा बढिरहेकोले त्यस्तो बेला गाउँ गाउँमा परिचालन गर्न स्वास्थ्यकर्मीहरु उत्पादन गर्न थालेको जानकारी दिए । सामान्य उपचारको पद्दतिदेखि कही हदसम्म चिकित्सा सम्बन्धी दिने बताए । प्राथमिक उपचारदेखि सर्जनको सामान्य ज्ञान दिएर उनीहरुलाई गाउँगाउँमा परिचालन गर्ने अध्यक्ष रावलले बताए ।

प्रतिक्रियाहरु