दलालहरूकाे घाेडा चढेर बेलबिछुवामा भारतीय अाक्रमण – भरत दाहाल

२०७१ चैत्र २४ गते, मंगलवार

जसरी जन्मका अाधारकाे नागरीकता एेनले तराइलार्इ श्रीलंकाकाे जाफ्ना बनाउने नेपाल विराेधि अभिष्ट बाेकेकाे थियाे, त्यसकाे ठाेस रूपकाे अभ्यास राैतहटकाे बेलबिछुवा स्थित सशस्त्र प्रहरी बेसक्याम्पमा भारतीय भूमिबाट भएकाे सशस्त्र अाक्रमणबाट सुरू भएकाे छ। जन्मका अाधारकाे नागरीकता एेन पारित गराएपछि तराइमा विभिन्न अपराधि समुहहरू गठन गरेर ०६३ सालदेखि सुरू गरिएकाे षडयन्त्र असफल भएपछि भारतीय सत्ताले यसका लागि एमाअाेवादी माेर्चालार्इ प्रयाेग गर्दै अाएकाे छ।
एमाअाेवादी माेर्चाका माग, सेवाकेन्द्रहरू विस्तार गर्ने सरकारी कदमकाे कुत्सीत मानसिकताबाट भैरहेकाे विराेध जस्ता कुराहरू सबै नक्कलि हुन्। यस्ता कदमहरूका पछाडिकाे एकमात्र भारतीय उद्देश्य भनेकाे तराइलार्इ अराजक द्वन्दमा अभ्यस्त बनाएर “लिट्टे” उत्पादन गर्नु हाे। एमाअाेवादी र बिहारीहरूकाे वर्चश्व रहेकाे कथित मधेशवादी गुटहरू याे उद्देश्यका लागि सवार गर्ने घाेडा मात्र हुन्। नागरीकता एेन पारित भएकाे दिनदेखि नै यस्ताे संभावना अनिवार्य भैसकेकाे थियाे।
नेपालीहरूका अगाडि अझैपनि समय छ। विदेशसी शक्ति र त्यसका अाततायी भगाैडा दलालहरूकाे याे अन्त्यहिन षडयन्त्रका विरूद्धमा प्रतिराेध संघर्ष संगठित नगरिकन देश चक्रब्युहबाट बाहिर निस्कन संभव छैन। संघीयताकाे विवाद नाटक मात्र हाे। नक्कलि नागरीकता दिर्इएका भारतीयहरूकाे नेपाल विराेधि भूमिकालार्इ संवैधानिक रूपमा सुनिश्चित गर्नका लागि मात्र अात्म निर्णयकाे अधिकार सहितकाे संघीयताकाे मुद्दा अाएकाे हाे। तरार्इलार्इ एउटा वा २ वटा प्रान्त बनाउनुपर्ने हठ पनि यहि हाे।
कथित मधेश अान्दाेलनका बहानामा पहाडी मूलका नेपालीहरूमाथि गरिएकाे वर्वर हत्या र बलात्कार, गाैरमा २९ जना माअाेवादीहरूकाे सामुहिक हत्या, सेवाकेन्द्रहरूकाे विस्ता याेजनाकाे कुत्सीत विराेध, सिके राउतकाे उत्थानकाे प्रयास, राष्ट्रभाषाका रूपमा हिन्दीकाे माग जस्ता सबै कृयाकलापहरू तराइलार्इ जाफ्ना बनाउने याेजनाका अंगहरू हुन्। यि सबै घटनाहरूका पछाडिकाे उद्देश्य बुझ्दाबुझ्दै भारतीय सशस्त्र बलकाे क्याम्पबाट ५ सय मिटरकाे दूरीमा बसेर नेपालकाे प्रहरी बेसक्याम्पमा अाक्रमण भैसक्दा पनि सरकारले कुनै कदम चाल्दैन भने जनस्तरबाट यसकाे समाधानकाे उपाय खाेज्नुपर्छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु