‘दलाई लामा साम्राज्यवादका पाल्तु कुकुर हुन’

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ६ मंसिर । चीनबाट भागेर भारतमा बस्दै अाएका धर्म गुरु दलाइ लामाले नेपाल र नेपालीबिरुद्ध अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोशित बनेका छन् । लामाले नेपालका विरुद्ध खतरानाक षड्यन्त्र गरिरहेकाे एउटा भिडियाे सार्वजनिक भएकाे छ । याे भिडियाेबाट उनी भारतकाे इशारामा कसरी काम गरिरहेका छन भन्ने कुरा पनि छर्लङ्ग भएकाे छ । उनले गाैतम बुद्ध नेपालमा नभइ भारतमा जन्मेकाे भन्दै प्रवचन दिएकाे भिडियाे सार्जनिक भएपछि नेपालीहरूले उनकाे याे षडयन्त्रकारी अभिव्यक्तिकाे खण्डर भत्र्सना गरेका छन् । यसैबीच उक्त भिडियाे सार्जनिक भएपछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले दलाई लामा साम्राज्यवादका पाल्तु कुकुर भएको बताएका छन । लामा चीनबाट दशेनिकाला गरिएका राष्ट्रघाती भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
‘दलाई लामाले बुद्ध भारत जन्मिएको कुरा सार्वजनिक गरे छन् । उनी साम्राज्यवादका पाल्तु कुकुर हुन र चिनबाट देश निकाला गरिएका राष्ट्र घाती हुन् । उनको त्यो हल्लामा काेहि पनि प्रभावित हुन जरुरी छैन ।’ नेता पुनले भनेका छन् । संसारले मानेको कुरा बुद्ध नेपाल जन्मिएको तथ्य सार्वभौम सत्य भएकाे उनले प्रतिक्रिया दिएका छन् । ‘बुद्ध भारत वा नेपाल जन्मिएकोमा जनताले मुक्ति प्राप्ति गर्ने कुरा त केहि हाेईन तर संसारले मानेको कुरा बुद्ध नेपाल जन्मिएको तथ्य सार्वभौम सत्य हाे तर भारतिय साम्राज्यवादीहरुले पटकपटक यस्तो गलत प्रचार गर्छन् । अहिले भारतमा सरणार्थी भई बसेका दलाई लामाले पनि मालिक भक्तिकाे त्यहि कुरा गरेछन् । याे उनकाे साम्राज्यवाद प्रतिकाे दलाली हाे र उनि अब दलाई लामा हैन कि दलाल लामा साबित भएका छन् ।’ पुनले फेसबुक स्टाटसमा भनेका छन् । नेपालकाे लुम्बिनीलार्इ गाैतम बुद्धकाे जन्मस्थल भनेर नेपालले प्राथमिकताका साथ प्रचार गरिरहेका बेला नेपालकाे याे प्रचारलार्इ दलार्इ लामाले भने ‘ननसेन्स’ भन्दै गाली गरेका छन् । उनले बुद्ध नेपालमा जन्मेकाे नभइ भारतमा जन्मेकाे दावी गर्दै नेपालले गरेकाे प्रचार झुटाे भएकाे समेत बताएका छन् । दलार्इ लामा बाैद्ध धर्मकै स्थापित गुरु मानिन्छन । उनी बुद्धका ज्ञान सिद्धान्तलार्इ प्रचारप्रसार पनि गर्दै अाएका छन् । जसका कारणले उनीप्रति बाैद्ध धर्मालम्बीहरुकाे सहानुभूती रहँदै अाएकाे छ । तर, उनले यसरी अत्यन्तै गलत प्रचार गर्न थालेपछि सम्पूर्ण बाैद्ध धर्मालम्बीहरु नै सशङ्कित बनेका छन् । भिडियाेमा दलार्इ लामालार्इ उनीसँगै बसेका एक भारतीय नागरिक बेला बेला काेट्याउँदै केही सिकाउछन् । त्यही सिकाएकाे कुरा उनी अग्रेजीमा भटटटट भट्याएकाे देखिन्छ । यसबाट दलार्इ लामा भारतकाे गाेटी हुन् र उनी चीनका विरुद्ध गतिविधि गरिरहेका छन भनेर लगाउने गरेकाे अाराेप सत्य हुन थालेकाे छ । तिब्बतका नागरिकलार्इ उचालेर चीनबाट त्याे भूमीलार्इ मुक्त गराउने षड्यन्त्रमा मात्र नभइ नेपालका विरुद्ध पनि षड्यन्त्रमा लागेकाे प्रष्ट हुन्छ । भारतले पनि बुद्धलार्इ भारतमा जन्मेकाे भनेर स्थापित गर्न विश्वभर निकै भ्रम फैलाउँदै अाएकाे छ । भारतले विद्यालय तहका पाठ्यक्रममा समेत यस्ता भ्रमपूर्ण सामाग्रीहरु राखेर विश्वव्यापी रुपमा बुद्धलार्इ भारतमा जन्मेकाे बनाउन प्रयत्न गर्दै अाएकाे छ । भारतीय माध्यामिक तहकाे परीक्षा बाेर्ड सिबिएसर्इले तयार गरेका सबै पाठ्यक्रममा गाैतम बुद्ध भारतमा जन्मिएकाे, लुम्बिनी भारतमा पर्छ, सगरमाथा समेत भारतमा पर्ने जस्ता भ्रमपूर्ण सामाग्री राखिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु