‘दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति’

२०७६ असार ३१ गते, मंगलवार

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति मच्याएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एकपछि अर्को हत्या गर्दै आएको सरकारले ति फेक इन्काउन्टर माथि पर्दा हाल्न वार्ताको हल्ला चलाएको बताएको छ । स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासंग वार्ता भएको प्रचारवाजी सुनियोजित र कपोलकल्पित हुन् । नेपाल कम्युनिष्ट पार्टीमाथिको दमन र उसका नेता कार्यकर्ता हत्याको सडक सदन र आम जनासुदायले बिरोधमा उत्रिए पछि सरकारले यस्तो सुनियोजित प्रचार चलाएको सो पार्टीले ठोकुवा गरेको छ । नेकपामाथिको दमन सरकारका निम्ति प्रत्युपादक भएपछी सरकारले वार्तालाई षडयन्त्रको हतियार बनाउन खोजेको बताउदै नेपाल कम्युनिष्ट पार्टीले यस्ता कपोलकल्पित र भ्रामक प्रचारमा बिस्वाश नगर्न आम नागरिकलाई अपिल समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु