दमक नगरपालिकाद्वारा सुकुम्बासिको उठिबास, नेकपाद्वारा आपत्ति

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । दमक नगरपालिकाले आज बिहान दमक -७ स्थित हाटखोला सुनचांदी लाइनमा बसोबास गर्ने २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ । संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र सबै वार्डका वार्ड अध्यक्ष नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानिय जग्गा दलालहरुहरुको उपस्थितिमा एकाबिहानै देखि डोजर लगाएर भत्काइएको हो । दमकको मुख्य बजारको इतिंहासकाल देखिनै हाटखोलाको नाममा अवस्थित उक्त स्थान ५० औं बर्स अघि देखि मासु काट्ने, सुर्ती बेच्ने, किसानहरुले निर्माण गरेको काठको हलो, जुवा, कुचो, नाङ्ग्लो, डोको, थुन्चे लगायतको घरेलु बस्तुहरुको बेचबिखन गर्ने एतिंहासिक बसोबास रहेको उक्त स्थान बजार भर्न आउनेहरुले घरेलु जांड रक्सीसमेत खाने बजारको रुपमा रहेको ईतिहास छ । यो बसोबास कतिको पुरानो र एतिंहासिक छ भन्ने प्रश्नमा एक पुराना स्थानिय भन्छन- यो अहिले देखिएको बजार जतिको व्यापक र ठूलो छ , यसको बिगत त्यस्तो छैन । यहाँ पातलो काठको घरहरु र एउटा दुइटा पक्का घरहरु बाहेक त्यस्तो बाक्ला घरहरु थिएनन तै पनि यो दमक बजारनै थियो । मधुमल्ला, उर्लाबारी दमक यतापटिका ठुलाबजार थिए । त्यतिबेलापनि यो हाटखोला थियो र यंहाका घरहरु थिए । अहिले आएर नगरपालिका यसरी भत्काइदिनु सरासर अन्याय हो ।
अर्का स्थानिय भन्छन- यो हाटखोलामा बसोबास गरेकाहरुलाइ भत्काउनेहरु दमकमा पछि आएका र यंहाको बारेमा नबुझेकाहरु छन । यस्तै पछि आएर यंहाको ईतिहास नबुझ्नेहरुले उक्साएर भत्काएका हुन । यो सरासर अन्याय भएको छ ।
अहिलेको बसोबास खोलाको किनारमा थियो बिस्तारै खोलाले छोड्दै गएपछी अहिले मुख्य बजार भित्र पर्न गयो । त्यसपछि त्यांहाको जग्गामा माफियाहरुको गिद्दे नजर पर्न गएपछी किर्ते गरेर नगरपालिकाले आफ्नो नाममा जग्गा दर्ता गरि लाल पुर्जा लियो । तर उक्त जग्गाको पुरानो तिरो त्यांहा बस्नेहरुले तिरेको स्थानियहरु बतांउछन । नगरपालिकाले किर्ते गरेर पुर्जा निकालेको त्यांहा बस्नेहरु बताउछन ।
हाल प्रधानमन्त्री केपि ओलिका स्वकिय सचिब युवराज दाहाल दमक नगरपालिकाको कार्यकारी अधिकृत भएको बखत दाहाल र अन्य स्थानिय नेताहरुको कोठे सहमतिमा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने सहमती गरेका थिए । तर त्यांहा बसोबास गर्नेहरुको प्रतिरोधको कारण त्यतिबेला सफल हुन सकेको थिएन । त्त्यसपछी स्थानिय निकायको निर्वाचन पछि निर्वाचित मेयर रोमनाथ ओलि र उक्त बस्ती पर्ने वार्डका वार्ड अध्यक्ष भिम पौडेलले भत्काउनको लागि पहल सुरु गरेका थिए । एकपटक संयौ प्रहरी परिचालन गरेर भत्काउन सुरु गरिएको थियो तर त्यतिबेला पनि प्रतिरोध भएको कारण सम्भब भएको थिएन । त्यसबेला बिप्लब नेतृत्वको नेकपाले एक बिग्यप्ती निकालेर सुकुम्बासीहरुको बसोबास र रोजगारिको ग्यारेन्टी गरेर मात्र अघि बढ्न चेतावनी दिएको थियो । त्यसपछी केही समय रोकिएको थियो । फेरि नगरपालिका ले ७ दिने घर खाली गर्ने सुचना प्रकाशित गरेको थियो त्यसबेला जनपरिसद झापाका प्रमुख सुमनसिंह पौडेलले कडा चेतावनी दिएर सचेत गराएक थिए । त्यांहा बसोबास गर्नेहरुले प्रतिरोध गर्ने र त्यसमा नेकपाको साथ भएपछी नगरपालिका पछि हटेको थियो । तर आज एक्कासी बिहानै डोजर र प्रहरि परिचालन गरि त्यांहा बसोबास गर्नेहरुलाइ कोठा भित्रै थुनेर , अमानबिय तवरले घर भत्काएर सुकुम्बासिहरुको रुवाबासी मच्चाएको छ ।
यस बिषयमा नेकपा झापाका सेक्रेटरी सौगात आचार्यले सुकुम्बासिको घर भत्काउनेहरुलाइ कुनै हालतमा नछोड्ने बताएका छन । त्यस्तै जनपरिषद झापाले स्थानिय जनप्रतिनिधिहरुको नाममा व्यापक दलाली भएको र दलालहरु गरिब सुकुम्बासीहरुको उठिबास गर्न लागेको हुनाले अबको संघर्ष जनप्रतिनिधि नामका दलालहरुको बिरुद्ध बताएको छ । जनपरिसद झापाका प्रमुख सुमन सिंह पौडेलले सो कुरा बतांउदै अब गरिब सुकुम्बासी र धनी दलालहरु बिच लंडाइ हुने कुरा स्पस्ट भएको बताएका छन ।

प्रतिक्रियाहरु