दक्षिण कोरियाली मन्त्री चो अमेरिका जादै

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । दक्षिण कोरियाका एकिकरण मन्त्री चो म्योउङ ग्योन अमेरिकाको पाँच दिने भ्रमणको लागि मङ्गलबार त्यसतर्फ जाने भएका छन । उनको भ्रमण मङ्गलबारबाट शुरु हुने सरकारी स्रोतले जानकारी दिएको छ । त्यस भ्रमण दुई कोरियाबीचको सम्बन्ध र उत्तर कोरियाली निशस्त्रीकरणका।विषयमा हुन लागेको पनि अमरिकाले स्पष्ट गरेको छ । उत्तर कोरियाली निशस्त्रीकरणको विषय अनिश्चित भएको समयमा उत्तर कोरियाली मन्त्रीको यो औपचारिक भ्रमण शुरु हुन लागेको बताइएको छ ।
उता हालै मात्र पनि न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली एक उच्च सैनिक अधिकारी किम योङ चोलबीच भेट भएको थियो । चोल उत्तर कारियाली नेता किम जोङ उनका एक विश्वासपात्र हुन् । उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी कार्यक्रम हाललाई स्थगित भएको बताइएको छ । गत हप्तामात्र भएको न्युयोर्कको सो भ्रमणका क्रममा यस निशस्त्रीकरणसम्बन्धमा मिति तय गर्ने अपेक्षा गरिएको थियो । तर यस विषयमा कुराकानी नभएको बताइएको छ ।

प्रतिक्रियाहरु