दक्षिण कोरियामा कोरोना भाइरस : एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ ।समुहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न भनिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।
शहर लगभग सुनसान हुन थालेको छ । दक्षिण कोरियामा कोभिड–नाइन्टिन नाम दिइएको भाइरसका कारण दुई जनाको मृत्यु भैसकेको छ भने मृतकको संख्या थपिन सक्ने त्रास बढेको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री चोङ से क्युनले अबस्था अत्यन्त गंभिर भएको बताएका छन् । चीनमा संक्रमणका कारण २ हजार ३४५ जनाको मृत्यु भएको छ भने ७६ हजार २८८ जना संक्रमित भएको पुष्टि भएको छ । चिनियाँ अधिकारीहरले नयाँ संक्रमण र मृत्यु हुनेको संख्या बताइरहेका छन् । चीनबाहिर २६ देशमा १२ सय भन्दा बढीमा संक्रमित र आठ जनाको मृत्यु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु