दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैं

२०७४ बैशाख १८ गते, सोमबार

काठमाडौं, १८ बैशाख । नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैंछ । दक्षिण एसियाली मुलुक पाकिस्तान बाहेक सात राष्ट्रका लागि यो भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो । भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो । ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ । भारतले पहिलोपटक दक्षिण एसियाली मुलुकका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।
सुरुमा यसलाई ‘सार्क सेटेलाइट’ नाम दिने तयारी थियो तर पाकिस्तानले आफू यसको हिस्सा नबन्ने बताएपछि यसलाई ‘दक्षिण एसिया सेटेलाइट’ भनिएको हो । पाकिस्तानले आफूलाई भारतको कुनै प्रकारको उपहार नचाहिने भन्दै यसमा सामेल हुन अस्वीकार गरेको हो । यो भू–उपग्रहका माध्यमबाट सार्कका सात मुलुकबीच टेलिकम्यूनिकेसन र प्रशारणसम्बन्धी सेवाहरु सहज हुने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु