थाल ठटाएर निषेधाज्ञाको विरोध

२०७४ माघ ७ गते, आईतवार

काठमाडौं , ७ माघ । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले निषेधाज्ञाको विरोध गरेका छन् । आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर उनीहरुले निषेधाज्ञाको विरोध गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु