थारुवान स्वायत्त प्रदेशद्धारा जग्गा कब्जा

२०७६ श्रावण १५ गते, बुधबार

काठमाडौं , १५ साउन । नेपाल कम्युनिष्ट पार्टी थारुवान स्वायत्त प्रदेशले कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ ।जनयुद्धकालमा पार्टीले कब्जा गरेको जग्गा दलाल र भुमाफिया मिलेर दलाली गरेको भन्दै तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा ,देवबहादुर मल्लको घरसहित ८ बिगाह, राजेन्द्र मल्ल र विरबहादुर मल्लको घर ३५ बिगाह जग्गामा सो पार्टीको जनपरिषद नेपाल बर्दगोरिया गाउपालिकाको ब्यानरमा जग्गा कब्जा गरेको ब्यानर टाँसेर पुन कब्जा गरेको जनाएको छ । युद्धकालमा पार्टीले कब्जा गरेको जग्गा पुनः कब्जा गरिएको र सो जग्गा विक्री वितरणमा संलग्न दलाल ,भुमाफिया र पार्टीका नेतालाई भौतिक रुपमा जनकारवाही गरिने समेत उल्लेख गरिएको छ भने उक्त व्यानरमा क.अनुकूल बर्दगोरिया जनपरिषद प्रमुख उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार