थाईल्याण्डका राजाद्वारा आफ्नै अंगरक्षकसँग विवाह !

२०७६ बैशाख १९ गते, बिहीबार

काठमाडौ, १९ बैशाख । यसअघि पनि ३ जनासँग विवाह गरि सम्बन्ध विच्छेद गरेका थाईल्याण्डका ६६ बषीइ राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै अंगरक्षक सुथिडासँग गुपचुप विवाह गरेका छन् । उनले बिहे गरेको खबर थाई टेलिभिजनबाट बुधबार बेलुकीमात्रै देखाईएको थियो । वजिरालंगकर्णले आफ्नी नयाँ पत्नीलाई रानी सुथिडा नाम दिएका छन् । सुथिडा सन् २०१४ देखि राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । ६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिन्छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु