थवाङ नेकपा माओवादीको पक्षमा

२०७१ पुष ५ गते, शनिबार

काठमाडौं । नेकपा – माओवादीको विभाजनसँगै जनयुद्धको उद्गम थलो रोल्पाको थवाङका जनता कतैपनि नलागेको भन्ने समाचारको धवाङकै माओवादीका स्थानीय नेताहरुले खण्डन गरेका छन् । सधै क्रान्तिको पक्षमा उभिएर कम्युष्टि आस्थाको केन्द्रको पहिचान बनाएको रोल्पाको थवाङ नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुर्नगठन गरेको नेकपा माओवादीको पक्षमा उभिएको थवाङका इन्चार्ज हितप्रसाद रोकामगर र रोल्पा जिल्ला कार्यालय सदस्य जयप्रकाश रोकामगरले संयुक्त रुपमा विज्ञाप्ती जारी सार्बजनिक गरेका छन । संचारमाध्यममा थवाङ फुटको पक्षमा नभएको, तटस्थ बसेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै शुक्रबार थवाङका इन्चार्ज हितप्रसाद रोकामगर र रोल्पा जिल्ला कार्यालय सदस्य जयप्रकाश रोकामगरले संयुक्त रुपमा विज्ञाप्ती जारी गर्दै थवाङको समर्थन विप्लवलाई रहेको बताएका हुन् ।
कम्युनिष्ट पार्टीहरु आपसमा फुटेर सिंगो कम्युनिष्ट आन्दोलन नै कमजोर भएको कुरा सत्य हो तरपनि फुट अर्को जुटको लागि भएकाले थवाङले नयाँ माओवादीको पक्षमा एक ढिक्का भएर उभिने निर्णय गरेको विज्ञाप्ती मार्फत बताइएको छ ।
थवाङले जहिलेपनि क्रान्तिलाई नै साथ दिदै आएको इतिहास छ, मोहनविक्रम, किरण, प्रचण्ड फेरी किरण हुँदै अहिले किरण र विप्लवसम्म आउँदा फुटको विरोध गर्दागर्दै पनि फुटिसकेपछि सत्यलाई साथ र समर्थन गर्दछ’ विज्ञाप्तीमा भनिएको छ । तटस्थता, अलमल, अकर्मण्यता थावाङको विशेषता नभएको भन्दै थवाङले तुलनात्मक रुपमा अहिलेको सन्दर्भमा विप्लवले अगाडि सारेको विचार नै सही भएकाले थावाङ एकमतले यसैको पक्षमा उभिएको बताइएको छ । विज्ञाप्तीमा अगाडि भनिएको छ, ‘कमरेड विप्लवले उठाएको कुरा नै अहिलेको सापेक्षतामा सही छ भनी हामी शुरुदेखि यसैपक्षमा उभिदै आएका छौं र अहिलेपनि क्रान्ति र परिवर्तनको पक्षमा नै दृढ छौं ।’
प्रचण्डबाट किरण अलग हुँदा थवाङ नेकपा–माओवादीको पक्षमा उभिएको थियो । त्यही पार्टीको नीति अनुसार दोस्रो संविधानसभा निर्वाचनमा शुन्य मतदान गरेको थावाङ अब किरण वा विप्लव कसको पक्षमा उभिन्छ भन्ने सबैतिर साँचोको साथ हेरिएको थियो ।
थवाङले जहिलेपनि क्रान्तिलाई नै साथ दिदै आएको इतिहास छ, मोहनविक्रम, किरण, प्रचण्ड फेरी किरण हुँदै अहिले किरण र विप्लवसम्म आउँदा फुटको विरोध गर्दागर्दै पनि फुटिसकेपछि सत्यलाई साथ र समर्थन गर्दछ’ विज्ञाप्तीमा भनिएको छ । तटस्थता, अलमल, अकर्मण्यता थावाङको विशेषता नभएको भन्दै थवाङले तुलनात्मक रुपमा अहिलेको सन्दर्भमा विप्लवले अगाडि सारेको विचार नै सही भएकाले थावाङ एकमतले यसैको पक्षमा उभिएको बताइएको छ । विज्ञाप्तीमा अगाडि भनिएको छ, ‘कमरेड विप्लवले उठाएको कुरा नै अहिलेको सापेक्षतामा सही छ भनी हामी शुरुदेखि यसैपक्षमा उभिदै आएका छौं र अहिलेपनि क्रान्ति र परिवर्तनको पक्षमा नै दृढ छौं ।’
जारी विज्ञाप्तीमा थवाङ परिवर्तनको लागि प्रतिगमनका विरुद्ध एक जुट भएर सामाना गर्नु नै अहिलको एक मात्र विकल्प भएको जनाइएको छ । ‘थावाङ एक ढिक्का भएर क्रान्तिकै पक्षमा रहेकोमा कुनै भ्रम नरहोस्’ विज्ञाप्तीको अन्तमा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु