त्रिशुलीमा ट्रक खस्यो, दुई जना बेपत्ता

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकास्थित जोगीमाराको तिक्राङ खानी भन्ने ठाउँबाट त्रिशुली नदीमा ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । भैरहवाबाट काठमाडौंतर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक सडकबाट करिव पन्ध्र मिटर तल खसेर त्रिशुली नदीमा डुवेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोकका २७ वर्षीय राजन श्रेष्ठ र सह–चालक सोही ठाउँका श्याम बेपत्ता भएका छन् । एक जना घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार