त्रिविको ४५ औँ दीक्षान्त समारोह हुँदै

२०७६ पुष ३ गते, बिहीबार

काठमाडौं , ३ पुष । त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार कार्यक्रम पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने छ। त्रिविले यसअघि कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै गर्दै आएको छ। परीक्षा नियन्त्रण बल्खुका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन्। अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको त्रिविले जनाएको छ। त्रिविले यसपटकको दीक्षान्तमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु