त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

२०७६ आश्विन १७ गते, शुक्रबार

काठमाडाैं, १७ असाेज । त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । स्रोतका अनुसार त्रिविको उपकुलपतिका समितिले डा. कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । डा. कोइराला मुटु शल्यचिकित्सक हुन भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन् । चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन् ।
शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो। समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य थिए। तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रियाहरु