तेनमेनचोकमा पुग्दाको त्यो गौरवपूर्ण दिन – हस्तबहादुर के.सी.

२०७२ कार्तिक २० गते, शुक्रबार

१६ जुलाई २०१५ (३१ असार २०७२) को दिन मेरो जीवनको लागि ज्यादै गौरवपूर्ण दिन बन्न पुग्यो । किनकि त्यस दिन स्थानीय समयानुसार विहान ठिक १० बजे चिनको राजधानी बेइजिङ्गस्थित विश्वप्रख्यात–तेनमेनचोकमा पुगेको थिए । तेनमेनचोक विश्वकै एउटा प्रख्यात चोक हो । यो त्यही विशाल चोक हो जहाँ चारैतिर चिनीया राष्ट्रिय झण्डाहरु फहराइरहेका छन् । तेनमेनचोक त्यो स्थान हो जसको दक्षिणतीर सन् १९४९ अक्टोबर १ तारिखका दिन चिनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङले जनवादी गणतन्त्र चिनको घोषणा लाखौ चिनीया जनताको उपस्थितिमा गर्नुभएको थियो । यस चोकको उत्तरतीर दीवगंत कमरेड माओ मेमोरियल हलको भवन रहेको छ, भने पश्चिमतिर महान् चिनीया नयाँ जनवादी क्रान्तिमा शाहादत प्राप्त गर्नु भएका महान शहिदहरुको शालिकहरु र जनवादी गणतन्त्र चिनको स्मारक राखिएको छ र पूर्वतीर वीचमा मूल सडक पर्दछ भने त्यसको साइडमा चिनीया राष्ट्रपति भवन (लालदरबार) रहेको छ । वीच को भू–भाग विशाल ऐतिहासिक तेनमेनचोक रहेको छ । अतः त्यो संसारकै एउटा एतिहासिक चोक तेनमेनचोकमा पुग्नु मेरो जीवनको लागी गौरवपूर्ण दिन बन्न पुग्यो । साथमा चिनीया अध्ययन भ्रमण टोलीका अन्य साथीहरु पनि हुनुहुन्थ्यो । म चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी–माओवादीको निर्णय वमोजिम ७ जुलाई २०१५ (२२ असार २०७२) देखि १७ जुलाई २०१५ (१ असार २०७२) सम्म जम्मा ११ दिनसम्म चिनीया अध्ययन भ्रमण टोलीको नेतृत्व गर्दै अगाडी बढ्ने क्रममा ऐतिहासिक तेनमेनचोकमा पुग्ने ऐतिहासिक अवसर मिलेको थियो ।
२०७२ असार ५ गते शनिवारका दिन पार्टी अध्यक्ष कमरेड मोहनवैद्य किरणले मेरो नेतृत्वमा ११ दिवसीय चिनीया अध्ययन भ्रमणमा जाने टोलीलाई पार्टी केन्द्रीय कार्यालयमा ब्रिफिङ्ग गर्ने क्रममा पार्टी केन्द्रीय विदेश विभागका सचिव एवं केन्द्रीय सदस्य कमरेड मनोज थापाले चिनीया अध्ययन भ्रमणको चिनीया कम्युनिष्ट पार्टीले पठाएको समग्र ख्ष्कष्तष्लन ब्वभलमब उपलब्ध गराउनु भएको थियो । त्यसैले एजेण्डामा नै १६ जुलाई २०१५ (३१ असार २०७२) का दिन विहान चिनको राजधानी वेइजिङ्गस्थित कमरेड माओले १ अक्टुबर १९४९ का महान जनगणतन्त्र चिनको घोषणा गर्नु भएको विश्व प्रख्यात तेनमेनचोकको अध्ययन अवलोकन गर्ने कार्यक्रम चिनीया कम्युनिष्ट पार्टीले तय गरेर पठाएको थियो ।
प्रस्तुत एजेण्डा प्राप्त गरिसकेपछि अन्य महत्वपूर्ण कार्यक्रमहरु र अन्य महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गर्ने बारेमा कौतुहल्ता पैदा हुनु स्वाभाविक थियो । साथै विश्व प्रख्यात एवं संसारमै चिनजस्तो एउटा अर्धसामन्ती र अर्ध औपनिवेशिक देश चिनमा सर्वहारावर्गको नेतृत्वमा २८ वर्षसम्म सशस्त्र संघर्षद्वारा चिनीया सर्वहारावर्गले चिनीया कम्युनिष्ट पार्टीको नेतृत्वमा सामन्त वा त्यस्ता साम्राज्यवादको आड भरोसा र सहयोगमा टिकेको च्याङकाइ सेकको प्रतिक्रियावादी, तानाशाही एवं फाँसीवादी राज्यसत्तालाई सदाका लागि जरैदेखि उखेलेर, फ्याकेर आम उत्पीडित एवं शोषित महान् चिनीया जनतालाई मुक्त तुल्याउँदै र विश्वभरका सामन्तहरु, साम्राज्यवादीहरु, लुटेराहरु, फाँसीवादी तानाशाहहरु, विस्तारवादी आक्रमणकारी, जनताका हत्याराहरु, जनताका समग्र दुश्मनहरुलाई थर्कमान तुल्याउँदै कमरेड माओले जनवादी गणतन्त्र चिनको घोषणा गरिएको ऐतिहासिक स्थान तेनमेनचोकको बारेमा मैले म सानो छदै सुनेको थिए । मलाई पढाउने गुरुहरु, अधिकांश कम्युनिष्ट समर्थक हुनुहुन्थ्यो र म ४÷५ कक्षामा पढ्ने बेलामा नै उहाँहरुले महान चिनीया क्रान्तिको बारेमा र कमरेड माओको बारेमा चर्चा गर्नेबेला त्यस ऐतिहासिक चोकमा उभिएर माओले जनवादी गणतन्त्र चिनको घोषणा गरेका कुरा सुनाउने गर्नुहुन्थ्यो । त्यसबेला देखि नै म तेनमेनचोकप्रति आकर्षित थिए । म ४-५ कक्षा पढ्नेबेलामा नै कम्युनिष्ट पार्टीको समर्थकमा आएको थिए र ८÷९ कक्षामा पढ्ने बेलादेखि त कम्युनिष्ट पार्टी (पुष्पलाल समुह) रुकुममा आवद्ध भएर पार्टी काममा लागि सकेका थिए । २०२९ सालमा ७ कक्षा उर्तिण गरेर ८ कक्षामा पढ्ने क्रममा र ८ कक्षाका किताब किन्नका लागि १३ दिनको पैदल यात्रा गरेर बुटवल त्यतिबेलाको बुटबल खसौलीमा आएर किताब किन्ने क्रममा र त्यहाँ क. माओका ४ थान रेड बुक, एक थान सैन्य रचना समेत किनेर खाने नुन बोकेको टिनको बाकसमा घुसाएर ती रेड बुकहरु रुकुममा पु¥याएको थिए जो आजसम्म जोगाएर राखेको छ म त्यस बेलादेखि नै चिनीया कम्युनिष्ट पार्टी, चिनीया–महान नयाँ जनवादी क्रान्ति र क. माओ प्रति ज्यादै आकर्षित थिए । विभाजित नेपाली कम्युनिष्ट आन्दोलन भित्रका विभिन्न पार्टी र गु्रप नेता कार्यकर्ताहरु चिनजाने आउने गरेको खबर त बारम्बार सुन्ने र देख्ने त गरिएको थियो । माओवादी आन्दोलनभित्रका धेरै नेता कार्यकर्ताहरु ठूलो संख्यामा बारम्बार चिन जाने आउने गरेको धेरै पाइन्थ्यो । तर यसपश्चात् त हाम्रो पार्टी नेकपा–माओवादीले मेरै नेतृत्वमा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै चिनको ११ दिने अध्ययन भ्रमण गर्ने मौका प्रदान ग¥यो । पार्टी अध्यक्ष कमरेड मोहनवैद्य किरण र पार्टी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख कमरेड सीपी गजुरेल समेतले हामीलाई पार्टी केन्द्रीय कार्यलयमा बोलाउनु भइ चिनीया उध्ययन भ्रमणस सम्बन्धी विषयका ब्रिफिङ्ग गर्नुभइ विदाई गर्नुभयो र ७ जुलाई २०१५का दिन चिनीया प्र्रस्थान ग¥यौ । ११ दिवसीय उक्त अध्ययन भ्रमणका क्रममा सिचुयन प्रान्तका समग्र कार्यक्रमहरु, फू–चे यन प्रान्त अन्तरगतका समग्र कार्यक्रमहरु बेइजिङ्गमा चिनीया कम्युनिष्ट पार्टीले आयोजना गरेको “चिनीया विशेषता सहितको समाजवाद विषय सेमिनार”, संसारकै ७ आश्चर्य मध्ये एक आश्चर्य रहेको ग्रेटवालको अवलोकन भ्रमण र चिनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओसेतुङको मेमोरियल हलको अवलोकन पछि मात्र अर्थात् भ्रमणको अन्ततिर मात्र त्यस ऐतिहासिक तेनमेनचोकको अवलोकन भ्रमण गर्ने ऐजेण्डा चिनीया कम्युनिष्ट पार्टीले तय गरेको थियो ।
त्यस दिन विहान ९ः३० बजेदेखि जम्मा आधा घण्टाका लागि माओ मेमोरियल हलको अवलोकन गर्ने कार्यक्रम थियो । त्यसपछि १० बजे तेनमेनचोकको अवलोकन गर्नु पर्ने थियो । त्यही कार्यतालिक बमोजिम हामीहरु माओ मेमोरियल हलको अवलोकन गरेर बाहिर निस्कियौ र र आ–आफ्ना तरिकाले तेनमेनचोकको अध्ययन, अवलोकन शुरु ग¥यौ । मेरो साथमा कास्कि जिल्ला समितिका सचिव अर्जुन छन्तेल हुनुहुन्थ्यो । हामी दुबै भाई चारैतिर दृश्य हेर्दै अगाडी बढ्यौ । एक अर्काेले फोटो खिच्ने काम शुरु ग¥यौ ।

त्यसैक्रममा तेनमेनचोकको दक्षिणतीर जहाँ कमरेड माओ त्सेतुङले १ अक्टुबर सन् १९४९ का दिन जनवादी गणतन्त्र चिनको विशाल चीनीया जनताको बीचबाट घोषणा गर्नु भएको थियो । त्यस भवनको अगाडी एउटा स्पेश राखिएको छ, त्यसमा गाडीहरु पार्किङ गरिएको रहेछ । त्यसपछि फलामको ¥यालिङ्गले सवैतिरबाट घेरिएको छ, त्यसको नजिकमा पुगेर माओको फोटो समेत राखिएको ऐतिहासिक भवनको अगाडी उभिएर त्यस ऐतिहासिक चोकलाई अभिवादन गर्दै एक पोज ऐतिहासिक फोटो खिच्न पाउँदा मलाई ज्यादै गौरवको अनुभूति भयो । किनभने पछाडीको मुख्यकारण महान चिनीया जनताले युगौदेखि सामन्ती शोषण । साम्राज्यवादी उत्पीडनबाट सदाको लागि मुक्त भएको घोषणा गरिएकोले विश्वस्तरमै प्रख्यात हुन पुगेको छ ।
तेनमेनचोकमा उभिएर फोटो खिचाउँदा मलाई त्यति ठूलो गौरवको अनुभूति किन भयो भ ने म सानो उमेर ४÷५ कक्षामा पढ्ने वेला देखिनै कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेर देश, जनता, पार्टी र क्रान्तिका बारेमा जान्ने बुझ्ने र त्यस प्रति लागीपर्ने प्रतिज्ञाका साथ अगाडी बढेर आजभन्दा करिब ४६ वर्ष पहिले देखि कम्युनिष्ट पार्टीमा आवद्ध भएर विभाजित कम्युनिष्ट आन्दोलनमा विभिन्न घुम्ति र मोडहरु पार गर्दै र विभिन्न जिम्मेवारीहरु पुरा गर्दै यहासम्म आएको अवस्थामा महान नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने महान उद्देश्यले पुनगर्ठित भएको नयाँढंगको क्रान्तिकारी पार्टी नेकपा–माओवादीको केन्द्रीय भूमिकामा रहेर देश, जनता, पार्टी र क्रान्तिप्रति प्रतिबद्ध र कठिबद्ध भएर अगाडी बढ्ने क्रममा चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा र नेकपा–माओवादीको निर्णय बमोजिम भ्रमणटोलीको नेतृत्व समेत गर्दै पार्टीको एउटा आधिकारिक मिशनको नेतृत्व गर्दै त्यस ऐतिहासिक स्थानमा पुगेर महान चिनीया नयाँ जनवादी क्रान्तिको स्मरण गर्ने र त्यसबाट शिक्षा लिने र त्यो प्रतिज्ञा गर्ने जुन अवसर प्राप्त भयो, त्यसकारणले पनि मलाई तेनमेनचोकमा पुगेका वखत ज्यादै गौरवको अनुभूति भयो । किन यति ठूलो गौरवको अनुभूति हुनुको अर्काे पक्ष रहन गयो भने एउटा अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको चिनमा कम्युनिष्ट पार्टीको नेतृत्वमा महान नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो ।
आजसम्म नेपाल पनि अर्धसामन्ती र नव औपनिवेशिक अवस्थामा रहेको छ । यस प्रकारको नेपाली समाज रहेको मुलुकमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिबिना नेपाली जनता र नेपाल राष्ट्र मुक्त हुन सम्भव छैन र नयाँ जनवादी क्रान्ति विना नेपाली समाज वैज्ञानिक समाजवादमा प्रवेश गर्न सम्भव छैन । हामी नेपाली माओवादी क्रान्तिकारीहरुको मुख्य दायित्व भनेको महान नेपाली जनवादी क्रान्ति पुरा गर्नु रहेको हुनाले अझै पनि महान चिनीया नयाँ जनवादी क्रान्तिबाट ठूलो शिक्षा लिन अतिआवश्यक छ । यो सबै कुराहरुलाई मध्यनजर गर्ने क्रममा आजभन्दा ठिक ६६ वर्ष पहिले कमरेड माओले त्यही ऐतिहासिक चोक तेनमेनचोक अगाडी उभिएर महान जनवादी गणतन्त्र चीनको घोषणा गरेको स्थानमा पुगेर महान् नेपाली नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर आशावाद प्रकट गर्न पाउँदा र “हामी क्रान्तिकारीहरुले क्रान्तिको सपना देख्न पनि छाड्नु हुन्न र क्रान्तिको सपनालाई मर्न पनि दिनु हुन्न” भन्ने माओको शिक्षालाई हामिले पनि कहिले भुल्नु हुन्न भन्ने स्मरण गर्न पुगे, मैले समग्र हाम्रो चिनीया अध्ययन भ्रमण र अन्तिम दिन तेनमेनचोकको अवलोकन भ्रमण गर्ने क्रममा त्यो अनुभूति गर्न पुगे जसकाकारण मैले म स्वयं त्यस ऐतिहासिक तेनमेनचोकमा पुग्दाको त्यो दिनलाई जीवनकै एउटा ठूलो गौरवपूर्ण दिनको रुपमा लिएको छु । यो शिक्षा सबैका लागि पनि हो भन्ने लाग्दछ मलाई । किनभने यसप्रकारको अवसर जीवनमा विरलै रुपमा प्राप्त गर्न सकिन्छ ।
तेनमेनचोकको अवलोकन भ्रमण गराउने क्रममा चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागका उपनिर्देशक कमरेड क्जबय ष्बिलन ले गर्नु भएको थियो ।
तेनमेनचोकको अवलोकन चिनीया भ्रमणको अन्तिम दिन थियो । तेनमेनचोकको अवलोकन र समग्र चिनीया यात्राको अनुभवबाट मलाई के अनुभूति भयो भने चिनमा अहिले माओहरुले निर्माण गरेको वैज्ञानिक समाजवाद छैन । सर्वहारावर्गको अधिनायकत्व पनि छैन । माओको निधन पश्चात चिनको नेतृत्वले चिनीया समाजवादमाथि जुन प्रतिक्रान्ति गरेर पुजिँवादको पुनस्थापना ग¥यो, त्यसको निरश्न्तर विकसले अहिले चिन एकाधिकार पुजीँवादतिर लम्किरहेको छ । कालान्तरमा चिन साम्राज्यवादमै पुग्ने हो तर पनि अहिले चिनीया कम्युनिष्ट पार्टी रुलिङ पार्टी छ । चिनले जुन अहिले जो हरेक क्षेत्रमा अकल्पनीय रुपले प्रगति गरेको छ यो प्रगति वर्तमान चिनीया नेतृत्वले कमरेड माओको नेतृत्वमा सन् १९४९ अक्टोबर १ तारिखका दिन घोषणा गरिएको महान् जनवादी गणतन्त्र चिनको निर्माण र महान चिनीयान नयाँ जनवादीक्रान्तिको जगमै टेकेर भएको छ । यसबाट के स्पष्ट हुन्छ भने आजपनिम अर्ध–सामन्ती तथा नवऔपनिवेशिक मुलुकहरुमा पनि देश जनताको प्रगतिको निम्ति नयाँ जनवादी क्रान्तिको विकल्प छैन । नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादमा पुग्ने जुन लक्ष्य हामी नेपालका माओवादी क्रान्तिकारीहरुले अगाडी बढाइरहेका छौ, यो सन्दर्भबाट मलाई के अनुभूति भयो भने महान चिनीया क्रान्ति र चिनीया कम्युनिष्टहरुको वलिदानको प्रतिफल हामी नेपाली माओवादीहरुले पनि सिक्नु जरुरी छ । र महान् नेपाली जनवादी क्रान्तिविना हामी पनि हरेक शोषण र उत्पीडनबाट नेपाली जनतालाई मुक्त गर्न सक्दैनौ भन्ने कुरा समग्र चिनीया भ्रमण र तेनमेनचोकको अवलोकनले पनि प्रष्ट पारेको मेरो अनुभूति छ ।

प्रतिक्रियाहरु