तीन दिनसम्म चट्टयाङ्गसहित असिना पानी पर्ने सम्भाबना

२०७६ बैशाख ३ गते, मंगलवार

काठमाडौं, ३ वैशाख । जल तथा मौसम विज्ञान विभागले आज देशका धेरै जसो स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । यस बिषयमा विभागले प्रकाशित गरेको सूचना यस प्रकार रहेको छ –
मंगलबार (वैशाख ३)
दिउँसोः देशका पश्चिमि भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका पश्चिमि भूभागका केही स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको सम्भावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ, साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

रातिः देशका पश्चिमि भूभागमा सामान्यदेखि पुर्ण बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहि पश्चिमि भूभागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केही स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको/असिना पानीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

बुधबार (बैशाख ४)
दिउँसोः देशै भरि सामान्यदेखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ, उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

रातिः देशैभरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बिहीबार (बैशाख ५ गते)
दिउँसोः देशै भरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार