तीज मेला भदौ १० देखि

२०७६ श्रावण २८ गते, मंगलवार

काठमाडौं , २८ साउन । काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर (डिइसिसी नेपाल) मा यहि भदौ १० गतेदेखि १४ गतेसम्म १२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६ आयोजना हुने भएको छ । मेलाको तयारी पुरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि सहआयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ ।
तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु