तिहारका लागि दुई लाख माला आयात गरिने

२०७५ कार्तिक १७ गते, शनिबार

काठमाडाैं, १७ कार्तिक । फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्षको तिहारका लागि दुई लाख बढी माला आयात गरिने बताएका छन् । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी पूmल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि दुई लाखभन्दा धेरै माला आयात गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।
यस वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री पूmलको माला ल्याइँदै छ । तिहारमा मात्रै रु एक करोड पूmलको कारोवार हुनेछ । ‘यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले पूmलको माला आयातमा वृद्धि गर्नुपरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अहिले स्वदेशमा नै ९० प्रतिशत पूmल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १८ प्रतिशत पूmल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।
गत वर्ष स्वदेशी र विदेशी गरी एक अर्ब ८५ करोडको पूmलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको पूmल वार्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा पूmल बढी प्रयोग हुने गरेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी पूmलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली पूmल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठ बताउछन ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही पूmल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका पूmल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । पूmलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार