तिलौराकोट बुद्धकालीन राजधानी

२०७१ फाल्गुन १७ गते, आईतवार

काठमाडौँ, १७ फागुन। गौतम बुद्धका पिता सुद्धोदनको राजप्रसाद तिलौराकोट नै बुद्धकालीन राजधानी भएको सत्यताको नजिक पुगेको पुरातत्वविदहरुले बताएका छन् ।तिलौराकोटमा यस बर्षको उत्खनन सम्पन्न भएपछि आयोजित कार्यक्रममा उनीहरुले तिलौराकोटको राम्रो प्राचीनता दर्शाउने अवस्थामा पुगेको स्पष्ट पारेका छन् । जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा युनेस्को, बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको संयुक्त टोलीले तीन बर्षे परियोजन अन्तर्गत दोस्रो बर्षको करिब दुई महिनाको उत्खनन र अनुसन्धान पछि टोलीले यस्तो तथ्य बाहिर ल्याएका हुन ।
युनेस्कोको कन्सल्ट्यान्ट तथा बरिष्ठ पुरातत्वविद कोष प्रसाद आचार्यले सन् २०१४ र सन २०१५ को अत्याधुनिक प्रविधिसहितको अध्ययन, अनुसन्धानबाट पाएको उपलब्धीबाट धेरै उत्साही बनेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार