तिलौराकोट उत्खननमा पुरातात्विक बस्तुहरु भेटिदै

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौं । बुद्धको क्रिडास्थल तिलौराकोटमा भइरहेको उत्खननको केही दिन मै महत्वपूर्ण पुरातात्विक बस्तुहरु फेला पर्न थालेका छन् ।
दोस्रो चरणको उत्खननमा प्राचीन चाँदीका मुद्राहरु, माटाका घैटो, हड्डी, माटाका बस्तुहरु लगायतका सामाग्रीहरु फेला परका छन् । यस्तै माटाका गेडाहरु, चुराका टुक्राहरु, हात्तीको सुड, आगाको अंगार लगायतका पुरातात्विक बस्तुहरु समेत भेटिएका छन् ।
बेलायतका दुई विश्व विद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषका संयुक्त टोलीले एकैसाथ चार स्थानमा उत्खनन र अन्वेषण गरिहेका छनु ।
यसैक्रममा कन्थक स्तुप नजिकै उत्खननका क्रममा घैटोभित्र राखिएको अवस्थामा ४ सय ९४ चाँदीको पंचमार्क मुद्रा भेटिएको बरिष्ठ पुरातत्वबिद कोषप्रसाद आचार्यले बताउनुभयो । घैटोमा ४ सय ९१ र घैटो बाहिर माटोमा ३ सिक्का फेला परेका थिए ।
पंचाग मुद्राहरु सम्राट अशोककालीन तथा ईसापुर्व २ सय देखि ८ सय सम्म प्रयोगमा आएको हुन सक्ने अनुमान गरिएको छ । विज्ञसंग सल्लाह गरेर सिक्का सफा गरि प्रदर्शनका लागि संग्रहालयमा राखिने बताईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार