तिम्ल्याहा बच्चाको उपचारमा समस्या

२०७५ मंसिर ११ गते, मंगलवार

काठमाडौं , ११ मंसिर । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उहााका श्रीमान् राजु परियारले बताउनुभयो । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ । तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब रु ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो । -रासस

प्रतिक्रियाहरु