तिम्लाई जन्मदिए – अम्बिका भण्डारी

२०७४ कार्तिक २९ गते, बुधबार

सारा बन्धन चुडालेर तिम्लाई जन्म दिए ।
मुर्त्युसग लड्दा पनि कति खुशि थिए ।
तिर्खा लाग्दा चिसो पानी खान सकिएन ।
सन्तान भन्दा अरु ठूलो खुशि देखिएन।।

तिम्रा थाऊना धुदा धुदै आफै मैहिली हुन्थ्ए ।
तिम्लाई सफा राख्न पाए त्यसमै खुशि हुन्थ्ए।
कति काखि च्यापे होला कति बोके बुईमा ।
मन लाग्थ्यन तिम्लाई एकछिन राख्न पनि भुइमा।।

तातो तेल मुसारेर निदाएसी तिमीलाई ।
त्यहि बेलामा मेलापात भ्याऊनु पर्थ्यो मलाई।
बनमा चरी कराऊदा नि ऊठेऊकी झै लाग्थ्यो ।
वाह वाह च्या च्या कराए झै लाग्थ्यो ।।

तिम्लाई पाल्न छातीभरी अमुतभरी राखे ।
खान लाको गाँस पनिइ तिम्राै लागि साचे ।।
तिम्लाई पाल्न यो धर्तिमा के गरिन मैले ।
जुठा भाडा धुदाधुदै रातै जान्थ्यो कहिले ।
जति पीडा पर्दा पनि तिमी हेरि हासे।
बेदनाका पोकाहरु लुकाएर राखे ।

कहिले बोल्दान तोते बोली कहिले खालान भात
कहिले हिड्लान समातेर अघि पछि हात।।
कहिले होलान झोला बोकी स्कुल तिर जानी।
कहिले होलान् थाल समाई रोटो पिठो खानी ।।
कति फाल्योै कति पोखेऊ बिग्रारदानी तिम्ले ।
डेरा आँखा चर्को डाको लाईन तिम्लाई कहिले ।।
आमा हुम म कर्तव्य त पूरा गरे मैले ।
बुढेसकालमा आँसु खुशि जे जे दिन्छाैऊ तिम्ले ।
खुशि मनले पिठो घोलि दिए पनि पुग्छ ।
रुखो बोली नबोले हैइ भित्र मन दुख्छ ।

मीठो बोली दियोै भने सन्सारलाई पुग्छ
रुखो वचन बोलेऊ भने सारा सन्सार दुख्छ ।

(ढिकुरपोखरी ४ हाल पोखरा ५)

प्रतिक्रियाहरु