तिमीलाई के भनौं ? – श्यामकुमार बुढा

२०७२ भाद्र २५ गते, शुक्रबार

चोर भनौं कि ठग
तिमिले त छलकपट मात्र गर्यौ ।
डाँका भनौं कि लुटेरा
तिमिले त बेईमानी मात्र गर्यौ ।
पागल भनौं या बौलाहा
तिमिले त फगतमा बर्बराउने मात्र गर्यौ ।
कायर भनौं या काँतर
तिमीले त अचेल घुँडामात्र टेक्छौ ।
बेश्या भनौं या पातर
तिमी त अचेल लम्पसारमात्र पर्छौ ।
पातकी भनौं कि पापी
तिमी त अचेल बंशकरणीमा मात्र रम्छौ ।
नपुंसक भनौं कि हिजडा
तिमी त अचेल सर्बाङ्ग नाङ्गै हिँड्छौ ।
हत्यारा भनौं या नरभक्षी
तिमिले त अचेल शहिदको भोजन गर्छौ ।

प्रतिक्रियाहरु