तालुपनको स्थायी समाधान भेटियो !

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । पुरुषहरुमा हुने तालुपनको स्थायी समाधानका लागि महत्वपूर्ण सफलता वैज्ञानिकहरुले पत्ता लगाएका छन् । लस एन्जलसमा भएको इन्टरनेसनल सोसाइटी फर स्टिम सेल रिसर्च सम्मेलनका क्रममा वैज्ञानिकहरुले अब मात्र एक प्रयोगबाट यो समस्याको स्थायी समाधान निक्र्योल हुने दावी गरेका छन् । स्यानफोर्ड बर्नहाम प्रेबेजका वैज्ञानिकहरुले स्टिम सेलको सहयोगमा निर्माण गरेको रौं सफलतापूर्वक बढेको छ । यसरी विकसित गरिएको रौंको परीक्षण मुसामाथि गरिएको छ । मानिस र मुसा दुवैको स्टिम सेलबाट तयार पारिएको रौंमध्ये मुसाको रौं नभएको भागमा प्रत्यारोपण गर्दा त्यसबाट असंख्या नयाँ रौं उम्रिएको छ ।
यो प्रयोगबाट उत्साही भएका बैज्ञानिकहरुले मानिसमा पनि परीक्षण गर्ने तयारी गरेका छन् । डा. एलेक्सी टेर्सकिखले भनेका छन्, ‘कपाल झर्ने समस्याको समाधानका लागि कोषमा आधारित उपचार पद्धिमा यो एक जटिल ‘ब्रेक थ्रु’ हो ।’ -एजेन्सी

प्रतिक्रियाहरु