तालिवानी आक्रमणवाट ७० सैनिक मारिए

२०७४ बैशाख ९ गते, शनिबार

काठमाडौं, ९ बैशाख । अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ७० जना अफगान सैनिक मारिएका छन् । उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो । सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण गरिएको हो । घटनाको जिम्मेवारी तालिवानले लिएको छ । अफगान सेनालाई तालिवानविरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु