तारा एयरकाे विमान दुर्घटना

२०७६ बैशाख ९ गते, सोमबार

काठमाडौं, ९ वैशाख । रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ। लुक्लाबाट अाएको विमान अवतरणको क्रममा मन्थली विमानस्थलमा चिप्लिएको हो । तारा एयरको नाइन एन केके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार