तामाङ ल्होसार फागुन ४ गते

२०७४ माघ २ गते, मंगलवार

काठमाडौं, २ माघ । नेपाल तामाङ घेदुङ संघ लमजुङले तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको जनाएको छ । ज्योतिष पात्रो अनुसार ल्होसार माघ ४ मा भनिएपनि मन्जुश्री पात्रो अनुसार फागुन ४ मा सोनाम ल्होसार परेको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारीणी समिति लमजुङका अध्यक्ष अजय तामाङले परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी सरकारले माघ ४ गतेलाई ल्होसारको विदा दिएकाले सच्याउन आग्रह गरे । ‘भाषा, लिपी, मौलिक संस्कृतिको पहिचान, उत्पादन, निर्माण र सम्वृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ फागुन २ गतेदेखि लमजुङमा सोनाम ल्होसार मनाइने भएको छ । मञ्जुश्री पात्रो अनुसार यसवर्ष २८५४ औं खि ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै माघ शुक्ल प्रतिपदाको भोलिपल्ट सोनाम ल्होसार पर्व मनाइदैछ ।

प्रतिक्रियाहरु