ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी,

२०७७ बैशाख २० गते, शनिबार

काठमाडौं , २० बैशाख । गएराती ताप्लेजुङ्को सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । राती करिब साढे १० बजे भएको आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको थियो । स्थानीय खेम केसी, खड्क थापा, बिष्णु तिवारीलगायतको घर जलेर नष्ट भएको छ ।
फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयले बताएका छन् । कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु