ताप्लेजुङ जिल्ला कमिटी नेकपा माओवादीमा समाहित

२०७१ पुष २० गते, आईतवार

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको ताप्लेजुङ जिल्ला कमिटी नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा समाहित भएको छ ।
वैद्य माओवादीका जिल्ला इन्चार्ज सुमन लिम्बूले सदरमुकामस्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी सिंगो जिल्ला कमिटी नेकपा माओवादीमा गएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा लिम्बूले वैद्यको कार्यदिशाले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नसक्ने भन्दै नयाँ क्रान्तिका लागि विप्लव नेतृत्वको नेकपा माओवादीलाई साथ दिने बताए ।
पत्रकार सम्मेलनमा उनले आफ्नो नेतृत्वमा ६९ सदस्यीय जिल्ला कमिटीको समेत घोषणा गरे । यसैबीच आगामी पुस २३ देखि २६ गतेसम्म हुने पहिलो राष्ट्रिय सम्मेलनमा जिल्लाबाट पाँच जना प्रतिनिधि सहभागी हुने निर्णय उक्त पार्टीले गरेको छ ।

प्रतिक्रियाहरु