तातोपानी नाका खुल्दै

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । विनाशकारी भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका आगामी सातादेखि खुल्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले तातोपानी नाका अर्को हप्ता खुल्ने बताएकी हुन् । धेरै खतरा र चुनौतीका बाबजुद् निर्माणकार्य सम्पन्न भएकाले अर्को हप्ता तातोपानी नाका खुल्ने उनको भनाइ छ । सुरुमा तातोपानी नाकाबाट मालवाहक सवारी–साधन आवत–जावत गर्ने दूतावासले जनाएको छ ।
बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत यान्छीले चीनले नेपालसम्म रेलमार्ग बनाउन कठिन रहेपनि नेपालसम्म रेल ल्याउन चीन सरकार प्रतिबद्ध रहेको पनि बताएकी थिइन् । क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिकरुपमा धेरै कठिन र खर्चिलो रहेकाले यसमा थप विस्तृत् एवं वैज्ञानिक अध्ययन आवश्यक रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार