तातोपानी कुण्डमा बिरामीको ओइरो !

२०७४ माघ १५ गते, सोमबार

काठमाडौं, १५ माघ । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउन पुग्ने बिरामीको भिड लागेको छ । जाडो सिजन सुरु भएसँगै बिरामीको चाप बढ्ने गरे पनि यो वर्ष गत वर्षको भन्दा दोब्बरले चाप बढेको हो । अघिल्लो हप्ता मात्रै तातोपानी कुण्डमा ६ सयभन्दा बढीले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए ।
पोखरा पर्यटन बोर्डको १० लाखसहित कुण्डको आम्दानीबाटै ४ करोड रुपैयाँको लागतमा विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष शाक्यले बताए । यो कुण्ठमा वार्षिक २० हजार बिरामी आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
तातोपानीमा डुब्न आउनेबाट १० दिनका लागि २ सय र एक दिनका लागि ५० रुपैयाँ शुल्क लिने गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । मुहानबाटै गन्धक र बिरे नुनसहित ५७ डिग्री तापक्रमको तातोपानी आउने कुण्ठमा स्नान गरे गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नी दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसिस लगायतका रोग निको हुने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार