ताइवानमा ६ .४ रेक्टरको भूकम्प

२०७२ माघ २३ गते, शनिबार

काठमाडौं, २२ माघ । दक्षिणी ताइवानमा ६ .४ रेक्टरको भूकम्प गएको छ । भूकम्पवाट १७ तले अावासीय भवन भत्किएको छ भने कम्तीमा तीन जनाको ज्यान गएको छ। ६ दशमलव ४ म्यागनिच्युडको उक्त भूकम्पको केन्द्रविन्दु ताइनान शहर नजिकै रहेको थियो । हालसम्म उक्त भवनबाट दुई सयभन्दा बढीको उद्धार गरिएको छ र खोजीकार्यमा जुटेका टोलीहरुले त्यहाँभित्र फसेका हुनसक्ने मानिसहरुको खोजीकार्य जारी राखेका छन्। शनिबार बिहान अधिकांश मानिसहरु सुतिरहेको बेला गएको भूकम्पपछि कम्तीमा पाँच वटा पराकम्प महसुस गरिएको छ।
अमेरिकी जिओलोजिकल सर्भेका अनुसार गहिराइ कम भएका कारण सम्भवत उक्त भूकम्प बढी शक्तिशाली भएको महसुस गरिएको छ। समाचारहरुमा कम्तीमा ४ वटा भवनहरु भत्किएको जनाइएको छ जसमध्ये एउटा अग्लो अपार्टमेन्ट रहेको छ। अहिलेसम्म २ सय भन्दा बढी उद्धार भैईसकेको छ। ताइवानको सरकारी संचार संस्थाले कम्तीमा २३ जना मानिसहरु घाइते भएको र क्षति भएको १७ तले अपार्टमेन्टमा २ सय मानिसहरु बस्ने गरेको जनाएको छ। राष्ट्रपति मा यिङ जिउ झन्डै २० लाख मानिसहरुको बसोबास रहेको ताइनानतर्फ जाने क्रममा रहेको जनाइएको छ।
टेलिभिजनबाट प्राप्त भएका तस्वीरमा भत्किएका भवनका भग्नावशेषमा भर्याङ्गको प्रयोग गरी फसेका मानिसहरुको निकाल्ने प्रयास उद्धारकर्ताहरुले गरिरहेको देखाइएको छ। शनिबारको उक्त भूकम्पको धक्का ३ सय किलो मिटर टाढा राजधानी ताइपेइमा पनि महसुस गरिएको छ र त्यसयता कयौँ पराकम्पहरु गएको जनाइएको छ। सन् १९९९ मा गएको सात दशमलव ६ म्यागनिच्युडको भूकम्पका कारण सन् १९९९ मा २३ सयभन्दा बढीको ज्यान गएको थियो। ताइवान दुईवटा टेक्टोनिक प्लेटहरु जोडिने स्थान नजिकै अवस्थित छ र यसले बारम्बर भूकम्पको धक्का महसुस गरिरहन्छ। – बिबिसी

प्रतिक्रियाहरु