तस्कर र कर्मचारीको मिलेमतोमा वन कटानी

२०७७ बैशाख १० गते, बुधबार

काठमाडाैं, १० वैशाख । सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्र दैनिक सयौं रुख कटान हुन थालेको बताइएको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेस मनी त्रिपाठी पदोन्नती भएर परियोजना छोडेपछि प्रमुख नभएको मौका छोपेर तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको परियोजनाका कर्मचारीले बताए । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख क्यूफिट काठ चोरी भइसकेको एक कर्मचारी बताउँछन् ।
उता सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले कोरोना भाइरस नियन्त्रणमा लागिरेहेका बेला तस्करहरु चोरी शिकारीमा लागिपरेको बताए । उनले तस्करहरु नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए ।

प्रतिक्रियाहरु