तरकारीको मूल्य २०० प्रतिशतसम्म वृद्धि

२०७६ आश्विन १३ गते, सोमबार

काठमाण्डौं , १३ असोज । काठमाण्डौंको कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २०० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी तरकारी बजारको यही असोज ६ गतेदेखि एक हप्ताको तथ्यांकअनुसार अधिकांश तरकारीको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो । एक हप्तामा सबैभन्दा बढी पालुंगोको साग २०० प्रतिशतले वृद्धि भएको छ भने हरियो प्याजको मूल्य ६९ प्रतिशतले वृद्धि भएको छ । अरु तरकारीको मूल्य पनि ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यसै समयमा फलफूलकोसमेत मूल्य आकासिएको छ ।
बाटोको अभावमा तरकारी कुहिने तथा समयमै बजारसम्म नआइपुग्ने कारण मूल्यवृद्धि भएकाले वर्षा रोकिएपछि भने तरकारी तथा फलफूल सस्तो हुने व्यवसायीहरुको अनुमान छ । सर्लाही, बारा, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायतका क्षेत्रबाट काठमाडौं उपत्यकामा तरकारी भित्रिने गर्छ ।
उपत्यकामा भित्रिने बाटोका कारण किसानबाट कालीमाटी तरकारी बजार आइपुग्दा नै तरकारीको मूल्य २० प्रतिशतले बढेर आउने गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु