तरकारीको मूल्य आकाशियो

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमाडौँ, १४ साउन । लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए । पौडेलका अनुसार यी विभिन्न कारणले गर्दा गत वर्षभन्दा यस वर्ष तरकारीको मूल्य २५ प्रतिशतले वृद्धि भएको छ । सामान्यतया कालीमाटी तरकारी बजारमा दैनिक आठदेखि ९०० टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६०० टन मात्र तरकारी भित्रिएको छ । आयात कम हुँदा पनि मूल्यवृद्धि भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु