तरकारीको भाउ छोइनसक्नु

२०७४ कार्तिक २१ गते, मंगलवार

काठमाडौं, २१ कात्तिक । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ । दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो । सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य आकाशिएको उनले जानकारी दिए । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु