तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन

२०७३ मंसिर २१ गते, मंगलवार

काठमाडौं, २१ मंसिर । भारत तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन भएको छ । हृदयाघातका कारण मुम्बइको एपोलो अस्पतालमा सघन कक्षमा उपचार गराउँदागराउँदै ६८ बर्षीया जयललिताको सोमबार राति निधन भएको छ । दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी उनलाई गत आइतबार बिहान हृदयाघात भएको अस्पतालले जनाएको थियो । स्वास्थ्य लाभको कामना गर्दै अस्पताल परिसर पुगेका हजारौं शुभचिन्तक उनको निधनको खबरले मर्माहत बनेका छन् । उनको निधनमा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका बिभिन्न दलका नेताले शोक ब्यक्त गरेका छन् ।
पार्थिव शरीर उनको निवास पोयस गार्डेन लग्दा सडक वरपरका सर्वसाधारणमा रुवाबासी चलेको छ । उनको पार्थिव शरीर राजाजी हलमा साँझसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्टी गरिनेछ । उनको निधनप्रति राज्यमा सात दिनसम्म शोक घोषणा गरिएको छ भने सरकारी भवनहरुका झण्डा आधा झुकाइएको छ ।
यसैबीच तमीलनाडुको मूख्यमन्त्रीमा ओ पनिरसेल्वमलाई मूख्यमन्त्री चयन गरिएको छ । जयललिताको सहयोगीका रुपमा क्रियाशील पनिरसेल्वमले पद तथा गोपनियताको शपथ लिइसेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु