तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ ? यसरी पत्ता लगाउनुहोस्

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट सम्भव भएको बताइएको छ । यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले प्रयोग गर्दा तपाईको कम्प्युटरको इन्टरनेट ब्राउजर भने गुगल क्रोम नै हुनु अनिवार्य छ ।
स्टेप ः १–गुगल क्रोम ओपन गरिसकेपश्चात दाहिने कुनामा एक स्क्रोल आउँछ । त्यो क्लिक गरेपछि कभततष्लन सेटिङमा जानुहोस् ।
स्टेप ः २ –फोटोको देब्रे भागमा देखिएको भहतभलतष्यल गएर न्भत ःयचभ भ्हतभलतष्यल जानुहोस् ।
स्टेप ः ३– सर्च अप्सनमा गएर ँबितभदययप सर्च गर्नुहोस् ।
स्टेप ः ४– अब यसलाई क्रोममा ब्मम गर्नुहोस् । यसको अप्सन ब्राउजरको दाहिने कुनामा देखिन्छ ।
स्टेप ः ५ – अब यो गुगल क्रोम ब्राउजरमा एड भयो ।
स्टेप ः ६ –अब फेसबुक रिफ्रेस गर्नुहोस् या लगआउट गरेर फेरी खोल्नुहोस् । अब तपाइको फेसबुकमा नयाँ थिम देखा पर्छ ।
स्टेप ः ७ – अब तपाई देब्रेपट्टी चश्मा आकारको प्रोफाइल भिजिटर टुल्स देख्नुहुनेछ । क्लिक गरेर आफ्नो प्रोफाइल कसले हे¥यो थाहा पाउन सक्नुहुनेछ ।
नोट ः तपाईले यो अप्सनमा जाँदा फेसबुकको थिम अप्ठ्यारो लाग्यो भने भने ब्राउजरको देब्रेसाइटमा एउटा रातो बटम छ त्यो बटम क्लिक गरेपछि पुरानै थिम देख्नसक्नुहुनेछ । फेरी प्रयोग गर्न मन लागे बटमलाई क्लिक गर्नुहोस् ।
यसैगरी, हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । हालै ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । यद्यपि फेसबुकले प्रयोगकर्ताको गोपनियतालाई अझै मजबुत बनाउने कामको सुरुआत गरिसकेको दावी गरेको छ । तर, तपाईं आफ्नो फेसबुक सुरक्षित राख्न चाहनुहुन्छ भने फेसबुकबाट यी ९ चिज तुरुन्त डिलिट गरिहाल्नुस् ।
१. धेरै जना फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्यातउन सकिन्छ ।
२. फेसबुकमा धेरै जनाले राख्ने अर्को चिज भनेको आफ्नो फोन नम्बर अर्थात् मोबाइल नम्बर हो । तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पु¥याउन सकिन्छ । किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।
३. फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् । पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ । किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ ।
४. फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ । यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ ।
५. धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् । यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् ।
६. कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पु¥याउने मौका दिइरहेको हुनसक्छ । आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ ।
७. धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ ।
८. कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ ।
९. यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।

प्रतिक्रियाहरु