तक्मादिदीलाई पत्र –वैरागी जेठा

२०७१ जेष्ठ १५ गते, बिहीबार

प्रिय तक्मादिदी
हिजोसम्म कृष्णसेन थिए
अब हाम्रो पालो आएको छ
उर्लँदो नदी फिँजाएर
महासागरको रीतिमा उभिन
क्रान्ति छाएको छ
लडाँइँको दोसाँधमा
तँछाड मछाड गरिरहेछन् सुराकहरू
तिमी

चन्द्रागिरि भएर
हाम्रो सामू खम्बा भएर ठडिनुपर्छ
अपराधीहरू
हिन हिनाउँदै थर्थराउँने छन्
हाम्रा यात्राहरूमा

विध्वंस र विक्ष्फोट बोकेर
चन्द्रागिरि आइपुगेको छु
युग बदल्न
चराहरूका आवाजहरू
हाम्फाली रहेछन्
प्रत्येक रुखहरूबाट
प्रसििवता वाणीहरू
चारैतिर फैलिरहेछन्
घनश्यामको चादरले
सहिदको गीत गाइरहेछ
प्रिय तक्मा दिदी
प्रदर्शनीमार्गका रगतका फाल्सै फाल्साहरू
घाइते युग बोकेर हिँडीरहेछ
सेनको छरिएका आला रगतहरू
ज्वालामुखिझैँ लाभा फ्यालिरहेछन्
क्षितिजको मूलबाटो बाट
सेन जस्तै काल परूष जन्माउन
हाम्री आमा हतारिँदैछिन्
चारैतिरबाट घेर्दै
हापसिलाहहरूलाई कैद गर्न
हामी चन्द्रागिरि आइपुगेकाछौँ
कृष्ण सेनको
साइरन बजाउँदै
चूक जस्तै अन्धकारको गणतन्त्र
हामी जस्तै मानिसहरू भुटिरहेछ
अलकत्रा जस्तै मानिसहरू
निमिट्यान्न पार्न
प्रिय तक्मादिदी
किरणलेझैँ बाटो डो¥याउनु पर्छ
तिमीले
गङ्गा जमुना झर्ना झैँ
हामीलाई बिउँझाइ रहनु पर्छ
प्रिय दिदी

प्रतिक्रियाहरु