डब्ल्यूएचओद्वारा कोरोना संक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह

२०७६ चैत्र ५ गते, बुधबार

काठमाडाैँ, ५ चैत । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न दक्षिण पूर्वी एसियाली मुलुकहरुलाई आग्रह गरेको छ ।
कोरोनाको संक्रमण विस्तार हुन नदिन चालिएका प्रयासहरु प्रभावकारी नभएको खण्डमा यसको अवस्था भयावह हुने भन्दै डब्लुएचओले यस्तो आग्रह गरेको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बन्नु अघि तत्काल कोरोना भाइरस विरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ । दक्षिण पूर्वी एसियाली ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु