ढुंगा गिट्टी निकासीमा प्रतिबन्ध

२०७१ श्रावण १ गते, बिहीबार


काठमाडौं , १ साउन – चुरे क्षेत्रको संरक्षणका लागि सरकारले ढुंगा, गिट्टी र बालुवालगायतका निर्माण तथा नदीजन्य प्राकृतिक वस्तु भारत निकासीमा आजदेखि रोक लगाएको छ ।त्यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि लागूहुने गरी उत्खनन् अनुमति नदिन ७५ वटै जिल्ला विकास समितिहरुलाई निर्देशन दिएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरि ढुंगा गिट्टी भारत निकासीमा रोक लगाएपछि स्थानीय विकास मन्त्रालयले आज बाट रोक लगाएको हो ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाका अनुसार आजदेखि असोजसम्म स्थानीय निकासीमा पनि रोक लगाइने छ । सरकारले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका ३६ जिल्लालाई चुरे क्षेत्र घोषणा गरेको छ ।ती जिल्लामा पर्ने ४ सय ३० गाविस र नगरपालिका क्षेत्रबाट ढुंगा गिट्टी निकासी गर्न पाइने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार