डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाण्डौ, १ साउन । साउन महिना सुरु भएसँगै शुक्रबारदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।
बिहानैदेखि दर्शनार्थीको आगमन बढेको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका उपाध्यक्ष किरण थापाले बताउनुभयो । आशापुरी महादेव मन्दिरमा साउन महिनामा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास छ ।
आशापुरी महादेव मन्दिरमा विशेषगरी पूजा पाठ गर्ने, रुद्री, होम गर्ने र साउन महिनामा व्रत बस्ने महिला दर्शनार्थीको भीड लाग्ने गरेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडांै र काभ्रेको विभिन्न क्षेत्रका दर्शनार्थी आउने गरेका छन् ।
त्यसैगरी सिपाडोल मै रहेको केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा पनि शुक्रबार बिहानैदेखि दर्थनार्थीको भीड लागेको छ । साउन महिना भएकाले यस महिना भरी नै मेला भर्न दर्शनार्थीको भीड लाग्ने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष थापाले बताए । साउन महिनामा दर्शनार्थीको भीड लाग्ने भएकाले दर्शनार्थीलाई सहज रुपमा पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको थापाले बताए ।

प्रतिक्रियाहरु