डोलेश्वरमा श्रावणी मेला लाग्ने

२०७४ असार ३१ गते, शनिबार

काठमाडौँ, ३१ असार । भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि श्रावणी मेला लाग्ने भएको छ । भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाका लागि आवश्यक तयारी पूरा भइसकेको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए । यो वर्षको मेलामा २० लाखभन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु