डोटी विमानस्थल पुनः सुचारु हुने

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौं, ३ चैत । झन्डै दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने भएको छ । २०५२ सालदेखि नियमित उडान हुन छाडेको डोटी बिमानस्थल २०६१ सालमा पूर्ण बन्द भएको थियो । तर पछिल्लो समयमा विमानस्थल मर्मत गरेर पुनः सुचारु गराउने पहल शुरु भएको छ । विमानस्थल पुनः सुचारु हुने भएपछि डोटीबासी उत्साहित भएका छन् । यो विमानस्थलबाट डोटी, डडेल्धुरा, बाजुरा र अछामका नागरिकले सेवा पाउने छन् । विमानस्थल सुचारु भएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा स्थानीयको छ । करिब ७ करोड रुपैयाँ खर्च गरेर विमानस्थल मर्मत गर्न थालिएकाले आगामी असार मसान्तसम्मै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार