डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, छानविन गर्न समिति गठन

२०७६ कार्तिक १८ गते, सोमबार

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन । उनिमाथि छानविन गर्न समिति गठन भएको छ । बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए । समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् । आरोप लागेर छानविन समिति बनेपछि श्रेष्ठको पद स्वतः निलम्बनमा परेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उहाँ स्वतः निलम्बनमा परेको नागिलाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठविरुद्ध खराब कर्जा लुकाउन सहयोग गरेको आरोपबारे छानविन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।
श्रेष्ठमाथि प्रक्रिया पूरा नहुँदै विभिन्न कम्पनीको लाभांश विदेश लैजान सहयोग गरेको र विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको आरोप लागेको छ । आरोप पुष्टि भएका राष्ट्र बैंकको सञ्चालक समितिले कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु