डुबायो २५ बुँदे राष्ट्रघाती संझौताले – हस्त केसी

२०७३ कार्तिक १ गते, सोमबार

बनाय‍ो प्रधानमन्त्रि भारतले प्रचण्डलाई
काँग्रेसको काँधमा चढाएर
बोलायो भ्रमणमा भारतले
ठूलो हल्ला खल्ला मच्चाएर
यता पनि गरे तामझाम प्रचण्ड मण्डलिले
बोलाए राष्ट्रघाती दलालहरुको बैठक
कबोल गराए दलालहरुले प्रचण्डलाई
पुराना राष्ट्रघाति संझौताहरु अनुमोदन गर्नु भनेर
राजी भए प्रचण्ड दलालहरुको राय- सल्लाहमा
उता मोदी सरकारले थाप्यो २५ बुँदे
राष्ट्रघाती संझौताको जाल

गए प्रचण्ड टाउको हल्लाउदै दिल्लीतिर
ठूलो जम्बो जन्ति टोलिक‍ो नेतृत्व गर्दै
फ्याक्यो दिल्ली सरकारले प्रचण्डका सामु
२५ बुँदे राष्ट्रघाति संझौताको जाल
लगाए त्यसमाथि प्रचण्डले ल्याप्चे छाप
आँखा चिम्लेर
लाए प्रचण्डले राष्ट्रघातीको कलंकको टीका
कांग्रेस – एमालेका राष्ट्रघातीहरुलाई समेत उछिनेर
टेके घुँडा प्रचण्डले भारतीय शासकहरुका सामु
सत्ता जोगाउने लोभमा फसेर

डुबायो उम्कनै नसक्ने गरि प्रचण्डलाई
राष्ट्रघाती २५ बुँदे राष्ट्रघाति संझौताले
भए एकजुट वामपन्थि देशभक्त कम्युनिस्टहरु
प्रचण्डरुपी राष्ट्रघातीका विरुध्द
गरे निधो उनिहरुले सडक आन्दोलनको
नांगेझार पार्न प्रचण्डलाई जनाताका सामु
थिए प्रतण्ड क्रान्तिकारी कुनै बेला
गरेका थिए जनयुध्दको नेतृत्व समेत
गल्यो जब प्रचण्डको क्रान्तीकारिता
कुहिएक‍ो फर्सी झै भएर

डुबायो प्रचण्डलाई सातसमुद्रको गहिराइमा
सत्तालिप्साको आकांक्षाले
चिने नेपाली जनताले
प्रचण्डको नक्कली राष्ट्रवाद ।‍

प्रतिक्रियाहरु