डुंगा दुर्घटना, एक सय जनाको मृत्यु

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं, २७ भदौ । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए ।
यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् । अन्तर्राष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्न १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । -एजेन्सी

प्रतिक्रियाहरु