डीआईजी सिलवाल प्रहरी नियन्त्रणमा

२०७४ बैशाख ११ गते, सोमबार

काठमाडौं, ११ वैशाख । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान प्रहरीको एक टोलीले नियन्त्रणमा लिई उनलाई प्रहरी प्रधान कार्यालयमा बयानका लागि लगिएको जनाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित निवासबाट डीआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता थापाको निवासमा पुगेका थिए ।
प्रहरी महानिरीक्षकले बोलाएको बैठक वहिष्कार गरेपछि डीआइजी थापालाई प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको थियो । त्यसैगरी आइजीपी नियुक्ति प्रकरणमा अदालतमा मुद्दा दायर गर्ने क्रममा उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सूचीसमेत कीर्ते रहेको भन्दै मन्त्रिपरिषदले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यी दुवै प्रकरणलाई जोडेर प्रहरी प्रधान कार्यालयले उनलाई बयान लिन बोलाए पनि उपस्थित नभएका कारण नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु